बाढीपहिरोमा परेका मृतकका परिवारलाई २ लाख दिने निर्णय, अस्थायी आवास निर्माणका लागि १ लाख
काठमाण्डौ । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

