सुन झै बढ्दैछ लसूनको भाउ, किन यति धेरै उचालियो ?
काठमाण्डौ । भारतका केही प्रमुख शहरहरुमा लसूनको मूल्य होस उड्ने गरी बढिरहेको छ । नेपालमा समेत भारतीय लसून उपलब्ध हुँदै आएकोमा अचाक्ली मूल्य बढेपछि आयात लगभग ठप्प जस्तै बनेको छ । भारतमा आलूप्याजको मूल्य लगातार घटिरहेको, तर लसूनको मूल्य चाहिँ सुनको मूल्य झै दैनिकजसो बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।