सन्दर्भ मूल्यांकन पुस्तिका(डेटाबेस) हटाउन माग
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले पछिल्लो समय भन्सार कार्यालयहरुले प्रयोगमा ल्याएको सन्दर्भ मूल्यांकन पुस्तिका (डेटाबेस) हटाउन माग गरेको छ । संघले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष विनोदकुमार सेठियाले सन्दर्भ मूल्यांकन पुस्तिकाले कारोबार मूल्यलाई मान्यता दिनुपर्ने विश्व व्यापार...