शिक्षा–स्वास्थ्य निःशुल्क गर !
जनमत
TRENDING
काठमाण्डौं । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै उससँग सम्बन्धित वित्तीय सञ्जाल, फ्रन्ट कम्पनीहरू तथा तेल ढुवानी गर्ने जहाजहरूलाई लक्षित गर्दै नयाँ चरणको प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अधिकारीहरूले यस कदमलाई इरानको अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने क्षमता कमजोर पार्ने र अवैध आर्थिक गतिविधि नियन्त्रण गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
काठमाण्डौं । प्रतिनिधिसभा बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्डसहित गरेको विरोध प्रदर्शनपछि संसद् हल केही समय तनावपूर्ण बनेको छ। बैठक शुरु हुनेबित्तिकै उक्त पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै विरोधमा उत्रिएपछि संसदीय कार्यसूची प्रभावित भएको थियो।
काठमाण्डौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा विगत तीन सातादेखि देखिँदै आएको अवरोध अन्ततः हटेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरिएको अनिवार्य नमूना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी प्रावधान फिर्ता लिएपछि नेपाली चिया निर्यात पुनः सहज बनेको हो।
काठमाण्डौं । दुई दिनसम्म निरन्तर वृद्धि भएको सुनको मूल्य आज भने पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार रुपैयाँमा झरेको छ।
काठमाण्डौं । कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन बुधबार अपराह्न ३ बजेदेखि शुरु हुँदैछ। आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र कानूनी एजेन्डामाथि केन्द्रित यो अधिवेशनलाई प्रदेश सरकारका लागि केवल संवैधानिक दायित्व पूरा गर्ने प्रक्रिया मात्र नभई आफ्नो राजनीतिक विश्वसनीयता जोगाउने अवसरका रूपमा समेत हेरिएको छ।
काठमाण्डौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेपछि नेपालको न्यायालय वृत्तमा नयाँ बहस शुरु भएको छ। प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियासँग असन्तुष्टि जनाइरहेकी मल्लले लामो बिदा रोज्नु सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई न्यायपालिकाभित्र विकसित भइरहेको असन्तोषको संकेतका रूपमा समेत व्याख्या गरिएको छ।
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।गत आर्थिक वर्षको असार मसान्तसम्म यो ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो। यसअनुसार चालु आर्थिक वर्षको १० महिनामै सार्वजनिक ऋण करिब ३ खर्ब रुपैयाँभन्दा बढीले बढेको छ।
काठमाण्डौ । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी धानबालीको मुख्य सिजनलाई लक्षित गर्दै ४० हजार टन रासायनिक मल आयात प्रक्रिया अगाडि बढाएको छ। धान रोपाइँका बेला मल अभाव हुन नदिन भारतसँगको सरकार–सरकार (जिटुजी) सम्झौतामार्फत २० हजार टन युरिया र २० हजार टन डिएपी ल्याउन लागिएको मन्त्रालयले जनाएको हो।हालै मन्त्रिपरिषद्ले कृषि सामग्री कम्पनी लिमिटेडलाई ८० हजार टन मल आयात गर्न...
काठमाण्डौं । लगातारको अविरल वर्षासँगै देशका विभिन्न भू-भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा ग्रामीण सडक सञ्जालमा यातायात सेवा प्रभावित बनेको छ ।प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डहरूमा आंशिक अवरोध देखिएको छ भने केही स्थानमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिएको छ ।
काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बुधबार बिहान देशका धेरै प्रदेशमा आंशिकदेखि सामान्य बादल देखिएको छ भने केही पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ ।महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लागेको छ ।
काठमाण्डौ । दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये १० जना एउटै आक्रमणमा परेका हुन्।स्थानीय अधिकारीहरूका अनुसार देइर कनौन क्षेत्रमा रहेको एक आवासीय घरलाई लक्षित गरी गरिएको आक्रमणमा तीन बालबालिका र तीन महिलासहित धेरै सर्वसाधारणको ज्यान गएको छ। घटनापछि उद्धार टोलीले...
काठमाण्डौं । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको भीषण बाढीपहिरोले ठूलो मात्रामा भौतिक संरचना, खेतीयोग्य जमिन र पशुधनमा क्षति पुर्याएको छ । असिनासहितको भारी वर्षापछि एक्कासी आएको बाढी र पहिरोले गाउँ नै प्रभावित बनेको स्थानीयवासीहरूले बताएका छन् ।
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख अन्तर्राष्ट्रिय मुद्राको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।
काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरबाट नक्कली विदेशी ब्रान्डका मदिरा उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । विदेशी कम्पनीका चर्चित मदिराको नाम र लेबल प्रयोग गरेर अवैध रूपमा रक्सी उत्पादन भइरहेको सूचनापछि गरिएको विशेष अपरेशनमा उनीहरू पक्राउ परेका हुन् ।
काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
काठमाण्डौ । नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तपोषण निगरानीसम्बन्धी अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ ।उपप्रधान तथा अर्थमन्त्री Swarnim Wagle ले नेपाललाई ‘जुरिस्डिक्सन्स अन्डर इन्क्रिज्ड मोनिटरिङ’ अर्थात् ग्रे लिस्टबाट मुक्त गराउन आवश्यक सबै पहल र सुधारात्मक कदम अघि बढाइने स्पष्ट पार्नुभएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.