सोनापुर मिनरल्स घाटाको दुस्चक्रबाट बाहिरः आम्दानीमा उछाल आउँदा अधिकांश सूचकमा सुधार
काठमाण्डौ । गत वर्षसम्म चरम घाटा व्यहोरिरहेको सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडको आम्दानीमा ५९.४७ प्रतिशतको उछालसँगै नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म यो कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा रहेको ४७ करोड १० लाख रुपैयाँ रहेको घाटाको दलदलबाट आफूलाई बाहिर निकाली ६१ लाख ५० हजार नाफा आर्जन गर्ने सफलता पाएको हो ।