वित्त खर्च बढेसँगै अपि पावरको नाफामा गिरावट
काठमाण्डौ । वित्त खर्च बढेसँगै अपि पावर कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४.६९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४४ करोड ४७ लाख खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब ३६ करोड रुपैयाँ...