बुधबार, असार १८,२०८२ 10:56:49
  • बुधबार, असार १८,२०८२ 10:56:49
Global IME Bank Limited

खर्च बढ्दा अपि पावरको नाफामा ९६.५६% को पहिरो,यस्तो छ अन्य वित्तीय सूचकको अवस्था

Hyundai Nepal
खर्च बढ्दा अपि पावरको नाफामा ९६.५६% को पहिरो,यस्तो छ अन्य वित्तीय सूचकको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको नाफामा ९६.५६ प्रतिशतको पहिरो गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको ६ करोड २३ लाखको तुलनामा ९६.५६ प्रतिशतले कम हो ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको खर्चमा भएको वृद्धिका कारण नाफा प्रभावित बन्न पुगेको हो । कम्पनीको वित्त खर्च ११७.६५ प्रतिशतले बढ्दै २१ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कम्पनीको प्रशासनिक खर्च पनि ३२ लाख २७ करोडबाट बढेर १ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको आम्दानी भने १२६ .०९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ६२ करोड ६६ हजार रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीले कर्मचारीको बोनसमा कटौति गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कर्मचारीको बोनसका लागि १७ लाख ८६ हजार रुपैयाँ छुट्टाएको कम्पनीले समीक्षा अवधिमा भने १ लाख ४४ हजार मात्रै छु्ट्टाएको छ । १ अर्ब ११ करोड रुपैयाँ कर्जा लिएको कम्पनीको नगद मौज्जाद १ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०३.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०.६५ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.