अटोमोबाइल आयात ९ अर्ब ६५ करोडले बढ्यो, सरकारलाई २० अर्बभन्दा बढी राजस्व
काठमाडौं । नेपालमा सवारीसाधनको माग पुनः बढ्न थालेको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब ६५ करोड रुपैयाँले बढी हो ।

