आईतवार, जेष्ठ १७,२०८३ 02:58:19
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 02:58:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अटोमोबाइल आयात ९ अर्ब ६५ करोडले बढ्यो, सरकारलाई २० अर्बभन्दा बढी राजस्व

Laxmi Sunrise Bank Limited
अटोमोबाइल आयात ९ अर्ब ६५ करोडले बढ्यो, सरकारलाई २० अर्बभन्दा बढी राजस्व
Shivam Cement

काठमाडौं । नेपालमा सवारीसाधनको माग पुनः बढ्न थालेको संकेत देखिएको छ ।  

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब ६५ करोड रुपैयाँले बढी हो ।

Bizshala
New Office
CG Motors

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आयातमा आएको यो वृद्धिले राजस्व संकलनमा पनि उल्लेखनीय योगदान दिएको छ । चालु आवको १० महिनामा काठमाण्डौं । सवारीसाधन र पार्टपुर्जाबाट मात्रै २० अर्ब ५२ करोड रुपैयाँ राजस्व उठेको छ ।

गतवर्ष यही अवधिमा यस्तो राजस्व १६ अर्ब ६४ करोड रुपैयाँमा सीमित थियो ।  

यस आधारमा सवारी क्षेत्रबाट प्राप्त राजस्व करिब ३ अर्ब ८८ करोड रुपैयाँले बढेको देखिन्छ ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार बैंकिङ क्षेत्रमा तरलता सहज हुनु, अटो कर्जाको विस्तार र बजारमा नयाँ मोडलका सवारीसाधन भित्रिनुले आयात बढाउन सहयोग गरेको हो ।

विशेषगरी निजी सवारीसाधन र दुईपाङ्ग्रे सवारीको माग पुनः बढ्न थालेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालु आवको १० महिनामा १ अर्ब २५ करोड रुपैयाँ बराबरका विभिन्न सवारीसाधन आयात हुँदा त्यसबाट मात्रै ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

यस्तै, ७ अर्ब ३२ करोड रुपैयाँ मूल्य बराबरका ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यी मोटरसाइकलबाट सरकारले करिब ७ अर्बभन्दा बढी राजस्व प्राप्त गरेको जनाएको छ ।

विश्लेषकहरूका अनुसार सवारीसाधन आयातमा देखिएको वृद्धि अर्थतन्त्रमा उपभोग र लगानी दुवै क्रमशः सुधारतर्फ उन्मुख भएको संकेत हुन सक्छ ।  

पछिल्ला दुई वर्ष आर्थिक सुस्तता, कर्जा विस्तारमा कमी र उपभोक्ताको कमजोर क्रयशक्तिका कारण अटोमोबाइल बजार दबाबमा थियो ।  

तर, अहिले आयात र राजस्व दुवै बढ्नुले बजारमा केही सकारात्मक मनोविज्ञान फर्किएको देखिन्छ ।

यद्यपि सवारीसाधन आयातमा भएको वृद्धिले विदेशी मुद्रा बाहिरिने दबाब पनि बढाउने भएकाले सरकारले राजस्व वृद्धि र आयात व्यवस्थापनबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती कायमै रहेको अर्थविद्हरू बताउँछन् ।

वीरगञ्ज नाका नेपालकै सबैभन्दा ठूलो व्यापारिक प्रवेशद्वार भएकाले यहाँको सवारी आयात तथ्यांकलाई समग्र अटोमोबाइल बजारको महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ ।  

पछिल्लो तथ्यांकले भने नेपाली बजारमा सवारी कारोबार पुनः गति लिन थालेको संकेत दिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.