बरुण हाइड्रोपावरको नाफामा १७४१.८४% को सुधार, इपीएस पनि बढ्यो
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीको खुद नाफा १७४१.८४ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा १ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा १० लाख ७८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा अप्रत्याशित सुधार देखिएसँगै नाफा उल्लेख्य बढेको हो । गत आवमा कम्पनीले बिजुली बेचेर ९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।...