बुधबार, असार १८,२०८२ 11:54:00
  • बुधबार, असार १८,२०८२ 11:54:00
Global IME Bank Limited

विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर ३.७३ करोड घाटामा,कस्तो छ वित्तीय अवस्था ?

Hyundai Nepal
विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर ३.७३ करोड घाटामा,कस्तो छ वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । गत असार २ गतेको बाढीले हेवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । 

विद्युत बिक्रीबाटको आम्दानी ठप्प हुँदा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १ करोड ६५ लाख रुपैयाँ नाफामा थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको आयोजना खर्च बढेर १ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म यो खर्च ५० लाख १४ हजार रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्चमा भने ६४.८९ प्रतिशतले घट्दै ६४ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको रिटेन्ड अर्निङ २ करोड १२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१३.९४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १०४.२० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४०.०७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८.३६ गुणा ऋणात्मक र तरलता अनुपात ८.८३ गुणा कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.