बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

