भारतको एचडीएफसी बैंक: चुक्ता पुँजी रु. ७५९.६९ करोड, एउटा त्रैमासमा नाफा रु. १८,१५५ करोड
नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो निजी बैंक एचडीएफसीले आर्थिक वर्ष २०२५/२६ को पहिलो त्रैमास (अप्रिल–जुन) मा चुक्ता पुँजीको तुलनामा अत्यधिक मुनाफा कमाएको छ। बैंकको चुक्ता पुँजी ₹७५९.६९ करोड भए पनि उक्त अवधिमा यसले ₹१८,१५५ करोड बराबरको नाफा देखाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १२.२४ प्रतिशतले बढी हो।