हिमालयन डिष्टिलरीको नाफा १६१% ले बढ्यो, आम्दानी र ईपीएसमा पनि सुधार
काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६१.१३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ५६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिक्री आम्दानी पनि ७७.२८ प्रतिशतले बढेको छ । कम्पनीले २ अर्ब १६ करोड...