बुधबार, असार १८,२०८२ 06:44:07
  • बुधबार, असार १८,२०८२ 06:44:07
Global IME Bank Limited

हिमालयन डिष्टिलरीको नाफा ४४.३८% ले घट्यो,आम्दानी र ईपीएसमा पनि गिरावट

Hyundai Nepal
हिमालयन डिष्टिलरीको नाफा ४४.३८% ले घट्यो,आम्दानी र ईपीएसमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ४४.३८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीको खुद नाफा २९ करोड ४२ लाख रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको खुद बिक्री आम्दानी १ अर्ब २९ करोड रुपैयाँबाट घटेर ९५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कर्मचारी खर्च ९ करोड १५ लाख,प्रशासनिक तथा अन्य खर्च ३ करोड ३२ लाख र बिक्री तथा वितरण खर्च १९ करोड ८२ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार १३.६२ प्रतिशतले घटेर ४८ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब २८ करोड र कुल चालु दायित्व ८१ करोड १७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२२.०२ रुपैयाँबाट घटेर १२.२५ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२२.९४ रुपैयाँबाट घटेर ११८.०२ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.