घाटामा रहेको हिमालयन पावर पार्टनरले कमायो रु.७.२६ करोड नाफा, इपीएस कति ?
काठमाण्डौ । हिमालयन पावर पार्टनर नाफामा उक्लिएको छ । अघिल्लो आवमा २६ करोड २३ लाख रुपैयाँ घाटा ब्यहोरेको यो कम्पनीले गत आवमा ७ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको विद्यत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफामा उक्लिन सफल भएको हो । गत आवमा कम्पनीको यस्तो आम्दानी ७४ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ४४.२१ प्रतिशत बढी हो...