Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घाटामा रहेको हिमालयन पावर पार्टनरले कमायो रु.७.२६ करोड नाफा, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
घाटामा रहेको हिमालयन पावर पार्टनरले कमायो रु.७.२६ करोड नाफा, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । हिमालयन पावर पार्टनर नाफामा उक्लिएको छ । अघिल्लो आवमा २६ करोड २३ लाख रुपैयाँ घाटा ब्यहोरेको यो कम्पनीले गत आवमा ७ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । 

कम्पनीको विद्यत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफामा उक्लिन सफल भएको हो । गत आवमा कम्पनीको यस्तो आम्दानी ७४ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ४४.२१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ५१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

Bizshala
New Office
CG Motors

साथै कम्पनीको विविध आम्दानी पनि २४.९४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीको विविध आम्दानी जम्मा १६ लाख ८४ हजार रुपैयाँ रहेकोमा गत आवमा २१ लाख ४ हजार पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ७३.३९ प्रतिशतले बढेर १७ करोड १५ लाख रुपैयाँ पुगेको छ । 

साथै कम्पनीको कुल सम्पत्तिको आकार सामान्य घटेर ५ अबै ४९ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.८२ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने यस्तो सूचक २४.६२ रुपैयाँ ऋणात्मक थियो । साथै नेटवर्थ ११६.१० रुपैयाँ र पीई रेसियो ७२.८१ गुणा रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.