हुवावेले बनायो नयाँ र शक्तिशाली एआई चिप, एनभिडियालाई कडा टक्कर दिने विश्वास
काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजज्ले आफ्नो नयाँ र सबैभन्दा शक्तिशाली एआई प्रोसेसरलाई परीक्षण गर्ने भएको छ । कम्पनीले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियालाई कडा चुनौती दिन नयाँ एआई प्रोसेसर विकास गरी त्यसको परीक्षण गर्ने तयारी गरेको हो । नयाँ चिपको प्राविधिक मूल्यांकनका लागि हुवावेले केही चिनियाँ टेक कम्पनीहरुलाई प्रस्ताव गरेको छ ।...