शुक्रबार, असार २०,२०८२ 09:37:02
  • शुक्रबार, असार २०,२०८२ 09:37:02
Global IME Bank Limited

हुवावेको आम्दानी रकेर्डतोड स्तर नजिक, नाफाको अवस्था कस्तो ?

Hyundai Nepal
हुवावेको आम्दानी रकेर्डतोड स्तर नजिक, नाफाको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको आम्दानी हालसम्मकै उच्च नजिक पुगेको छ । कम्पनीले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै सन् २०२४ मा ८६२.१ बिलियन चिनियाँ युआन(१ खर्ब १८ अर्ब डलर)आम्दानी गरेको जनाएको हो ।  

यो रकम वार्षिक रुपमा २२.४ प्रतिशतले बढी हो । यो कम्पनीको हालसम्मकै दोस्रो ठूलो आम्दानी हो । यसअघि सन् २०२० मा कम्पनीले ८९१.४ बिलियन युआनबराबर आम्दानी गरेको थियो । जुन कम्पनीले अहिलेसम्म आर्जन गरेको सबैभन्दा ठूलो रकम हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यद्यपी सन् २०२४ मा कम्पनीको खुद नाफा भने ६२.६ बिलियन युआनले घटेको छ । यो रकम सन् २०२३ को तु,लनामा २८ प्रतिशतले कम हो । बढ्दो लगानीका कारण कम्पनीको खुद नाफामा घटेको कम्पनीले जनाएको छ । अमेरिकाले सेमीकन्डक्टर जस्तो मुख्य प्रविधिमा प्रतिबन्ध लगाएसँगै नयाँ व्यवसायी सम्झौताका कारण लगानी बढेको कम्पनीको भनाई छ ।  

कम्पनीले अनुसन्धान र विकासका लागि १७९.७ बिलियन युआन खर्च गरेको छ । जुन कम्पनीको आम्दानीको २०.८ प्रतिशत हुन आउछ । सन् २०२३ मा कम्पनीले यस्तो खर्च १६४.७ बिलियन युआनबराबर गरेको थियो ।  

हुवावेले एआई डेटा सेन्टर, क्लाउड कम्प्युटीङ र अटोमोटिभ टेक्नोलोजी जस्ता क्षेत्रमा आफ्नो व्यवसाय विविधिकरण गरिरहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.