मध्यभोटेकोशी हाइड्रोपावरको घाटा दोब्बर बढ्यो, इपीएस ऋणात्मक
काठमाण्डौ । मध्यभोटेकोशी हाइड्रोपावरले ४ करोड रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार कम्पनी ४ करोड १० लाख ८० हजार रुपैयाँ नोक्सानमा देखिएको हो । अघिल्लो आवमा पनि कम्पनीले २ करोड ८ लाख ५७ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । यस हिसाबमा कम्पनीको घाटा दोब्बर बढ्न पुगेको छ ।