नबिल बैंकको लाभांश क्षमता ५४.८७% ले बढ्यो, खुद ब्याज आम्दानी र नाफामा समेत बढोत्तरी
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो लाभांश क्षमता ५४.८७ प्रतिशतले बढाएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म लाभांश क्षमता १७.६४ प्रतिशत पुर्याएको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म भने ११.३९ प्रतिशतमात्रै थियो । बैंकको वितरणयोग्य मुनाफा समेत ५४.८२ प्रतिशतले बढ्दै ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म...