शनिबार, श्रावण १०,२०८२ 06:43:13
  • शनिबार, श्रावण १०,२०८२ 06:43:13
Global IME Bank Limited

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

Hyundai Nepal
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले गत साउन ६ गतेदेखि जारी गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको  ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्रमा खरिद आवेदन दिने समयावधि थप गरिएको हो ।  

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बैंकिङ समयपछि हुने जनाइएको थियो। तर मागबमोजिम आवेदन नपरेकाले अब साउन २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।  

Muktinath Bikas Bank Limited

कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।  ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.