नेशनल लघुवित्तले कमायो साढे ४७ करोड नाफा, लाभाश क्षमता ३३%
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको छ । संस्थाले गत आवको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढी हो । अघिल्लो आवमा संस्थाले २० करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुबैमा उल्लेख्य सुधार देखिदा नाफामा वृद्धिमा टेवा पुगेको हो ।...