नेक्सजेन म्यानेजमेन्ट पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेडमा रूपान्तरण, सर्वसाधारणलाई ३०% सेयर छुट्टाइयो
काठमाण्डौ । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पूँजी वृद्धि सहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो ।कम्पनी रजिष्ट्रारको कार्यालयको २०८२ असार २७ को निर्णयबाट कम्पनीको अधिकृत पूँजी १ अर्ब र...