रिभर फल्सको नाफा ९८% ले घटेर १०.७९ लाखमा सीमित
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको नाफामा ९८.२९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १० लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले ६ करोड ३३ लाख रुपैयाँबराबरको कुद नाफा कमाएको थियो । कम्पनीको आम्दानी भने बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २९.२६ प्रतिशतले बढी हो ।...