बुधबार, असार १८,२०८२ 10:29:51
  • बुधबार, असार १८,२०८२ 10:29:51
Global IME Bank Limited

प्रभु बैंक र रिभर फल्सको साधारण सभा आज, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

Hyundai Nepal
प्रभु बैंक र रिभर फल्सको साधारण सभा आज, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज प्रभु बैंक र रिभर फल्स पावरको साधारण सभा आयोजना हुन लागेको हो ।  

प्रभु बैंक  

प्रभु बैंकको २२ औँ वार्षिक साधारण सभा काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना हुँदैछ । उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै चालु आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावका साथै सञ्चालकहरुको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।  

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आव २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले गत वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

रिभर फल्स पावर

रिभर फल्स पावरको ७ औं र ८ औं साधारण सभा काठमाण्डोको नक्सालमा रहेको लिसारा रिसेप्सन बिहान ११ बजे आयोजना हुँदैछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने,हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने,हकप्रद सेयर प्रयोजनका लागि अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विेशष प्रस्तावहरु पारित गरिनेछ ।  

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।  

सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०÷८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत वैशाख १० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.