अल्फाबेटमा १० वषदेर्खि सीईओको रुपमा कार्यरत सुन्दर पिचाई बने अर्बपति
काठमाण्डौ । अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई अर्बपति बनेका छन्। ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार, भारतीय मूलका ५३ वर्षीय पिचाईको कुल सम्पत्ति १.१ अर्ब डलर पुगेको छ। प्रविधि क्षेत्रमा विशेष गरी गैर संस्थापकले यो उपलब्धि हासिल गर्नुलाई विशेष मानिएको छ । अधिकांश प्रविधि अर्बपतिहरू जस्तै, मेटाका मार्क जुकरबर्ग वा एनभिडियाका जेन्सेन हुआङले...