मंगलवार, पुष १,२०८२ 02:33:42
Bizshala
  • मंगलवार, पुष १,२०८२ 02:33:42
Bizshala
Global IME Bank Limited
Bizshala

उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छः अध्यक्ष अग्रवाल

Hyundai Nepal
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छः अध्यक्ष अग्रवाल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् । बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको उद्देश्य रहेको बताए ।

चार वर्षको अथक प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधि पारित गरेको उनको भनाइ छ । मेकइन नेपालको उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग गर्ने रहेको बताए । परिसंघले पूर्वधार सम्बन्धी गोष्ठि र महिलाहरुलाई सक्षम बनाउने खालका कार्यक्रम गरिरहेको र त्यसबाहेक सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरे ।

CG Motors
Garima Development Bank
Bizshala

उनले भने, ‘कतिपय विषयहरु टेक्निकल हुन्छ । त्यसमा हाम्रो मिडियाको साथीहरुलाई थाहा नभएको र निजी क्षेत्रको कुराको पनि राम्रो ज्ञान होस् भनेर सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको हो । यसको सन्र्दभमा हामीले आयकर ऐन २०५८ को दफा ५७ को बारेमा छलफल गरेका छौँ । जसले गर्दा विदेशी लगानी र स्वदेशी लगानीमा कहाँ समस्या आएको छ भनेर बहस गरेका थियौँ । यो गर्दा एक आपसमा छलफल हुन्छ भनेर नै छलफल गरेका हौँ । छलफलले परिसंघ र मिडियाको एक आपसमा राम्रो सम्बन्ध पनि हुन्छ ।’

अग्रवालले हिजो मात्रै विद्युत प्राधिकरणले लोडसेडिङ गर्ने घोषण गरेको बताए । अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्योेबला पनि उद्योग १२ घन्टासम्म लोडसेडिङमा नै रहेको बताए ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

उनले भने, ‘अघिल्लो वर्ष तामाकोशी चलेको थियो त्योेबला पनि उद्योग १२ घन्टा लोडसेडिङमा बसेको थियो । अहिले तामाकोशीको बाहानामा हुँदैन भन्ने कुरा कतिसम्म ठिक छ रु भन्ने छलफलको विषय हो । त्यो बेलापनि भारतबाट आयात गर्न सकिन्थ्यो तर आफूलाई नेट एक्स्पोर्टर देखाउनको लागि आयात नगरेको अवस्था थियो ।

जिरो रकमले नेट एक्स्र्पोटर देखाइएको थियो अन्तिममा गएर त्यो बेला विद्युत प्राधिकरणको मातहतमा नेट एक्स्पोर्टर नभएर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने थियो भन्ने कुरा पनि मुख्य हो । लोडसेडिङले उद्योगलाई आर्थिक रुपमा प्रभाव धेरै पर्छ । विद्युत भनेको उत्पादन क्षेत्रको कच्चा पदार्थ नै हो । तर, त्यसको उपलब्धता नहुँदा हामी आत्मनिर्भर अर्थतन्त्र, आयात प्रतिस्थापनको कुरा गर्ने सोचमा मात्रा रहन्छ जस्तो लाग्छ । किन भने विद्युतको उपलब्धता जस्तो सानो कुरा पनि नहुनु भनेको हाम्रो लागि र्दुभाग्य पनि हो ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.