बुधबार, असार १८,२०८२ 04:49:35
  • बुधबार, असार १८,२०८२ 04:49:35
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको सहयोगमा पोखराको शिशुवा बजारमा सीसी क्यामेरा जडान

Hyundai Nepal
महालक्ष्मी विकास बैंकको सहयोगमा पोखराको शिशुवा बजारमा सीसी क्यामेरा जडान
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा म.न.पा. ३० स्थित शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरेको छ ।  

महालक्ष्मी विकास वैंक लिमीटेड शिशुवा शाखाको अगुवाईमा उक्त कार्य सम्पन्न भएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

महालक्ष्मी विकास वैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा म.न.पा. वडा नं. ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरे ।  

साथै यसको संरक्षण, निगरानी, तथा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय डाँडाकोनाकको समन्वयमा शिशुवा बजार व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ ।

यस कार्यले शिशुवा बजार क्षेत्र भित्र विभिन्न अपराधिक कार्य तथा सवारी दुर्घटनामा नियन्त्रण हुने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि देशभर रहेका विभिन्न शाखा कार्यलयहरु मार्फत यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने वैंकले जनाएको छ ।

महालक्ष्मी विकास वैंकले देशभर १०३ शाखाहरुमार्फत करिब ७ लाख ग्राहकहरुलाई उच्चस्तरीय विभिन्न वित्तिय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.