Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:49:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वाईफाई नेपालद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

Laxmi Sunrise Bank Limited
वाईफाई नेपालद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउन, अनुशासनको भावना विकास गर्न तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

आयोजित विशेष कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको विशेष उपस्थिति रहेको थियो । सार्वजनिक बिदाको दिन भएपनि आफ्ना प्रिय क्रिकेटरलाई भेट्न र उनको प्रेरणादायी सन्देश सुन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता थियो ।

Bizshala
New Office
CG Motors

विद्यार्थीहरूलाई प्रेरित गर्दै पूर्व कप्तान पारस खड्काले भने, ‘वाईफाई नेपालको यस उदाहरणीय सामाजिक कार्यमा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । समुदायप्रतिको उत्तरदायित्व निभाउँदै कम्पनीले समाजमा सकारात्मक प्रभाव सिर्जना गरिरहेको छ ।

विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षा र खेलकुद दुवैको समान महत्त्व छ, त्यसैले पढाइ र खेलकुदबीच सही सन्तुलन कायम राख्न म सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गर्दछु ।’ उनले नेपालभर यस्ता सामाजिक गतिविधिहरू अझ बढी आवश्यक रहेकोमा समेत जोड दिए ।

कार्यक्रममा बोल्दै वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जियारले विद्यालयलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताए । उनले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको अन्तरसम्बन्धमाथि प्रकाश पार्दै भने, ‘शिक्षाले स्वस्थ मस्तिष्क निर्माण गर्छ भने खेलकुदले स्वस्थ शरीर । विद्यार्थीहरूको समग्र मानसिक तथा शारीरिक विकासका लागि यी दुवै पक्ष उत्तिकै आवश्यक छन् । वाईफाई नेपालले आगामी दिनहरूमा देशका अन्य क्षेत्र र विद्यालयहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू विस्तार गर्दै लैजाने योजना बनाएको छ ।’

Garima Development Bank
Shivam Cement
Bizshala

त्यसैगरी, अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री बलराम पोखरेलले वाईफाई नेपालप्रति हार्दिक आभार व्यक्त गरे । उनले निजी क्षेत्रबाट शिक्षा र खेलकुदको विकासमा प्राप्त हुने यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउन ठूलो भूमिका खेल्ने उल्लेख गर्दै प्राप्त खेलकुद सामग्रीहरूको प्रभावकारी उपयोग गरिने विश्वास दिलाए ।

वाईफाई नेपालले कार्यक्रमलाई भव्य रूपमा सफल पार्न सहयोग पुर्याउने विद्यालय परिवार, स्थानीय समुदाय तथा सम्पूर्ण सहयोगीहरूमा धन्यवाद ज्ञापन गरेको छ।

साथै, आगामी दिनमा पनि शिक्षा, खेलकुद तथा सामुदायिक विकासका क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै देशभर गुणस्तरीय इन्टरनेट सेवा र डिजिटल पहुँच विस्तार गर्ने आफ्नो मूल लक्ष्यप्रति प्रतिबद्ध रहने कम्पनीले स्पष्ट पारेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.