काठमाण्डौ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको छ ।
हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषदका अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।
साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।