काठमाण्डौ । सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
शुक्रबार एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आवको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।
बर्तौलाले जारी गरेको सूचनामा उल्लेख छ ,‘आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २८ वैशाख २०८२ मा बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ ।’