बुधबार, असार १८,२०८२ 06:56:31
  • बुधबार, असार १८,२०८२ 06:56:31
Global IME Bank Limited

भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु

Hyundai Nepal
भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु
Nabil Bank Limited

काठमाण्डौ । स्याङ्जाको भीरकोटमा ‘कृषि  तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।

कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँग मिलेर काम गर्न सुरु गरेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । नगरका अधिकांश भाग पहाडी क्षेत्र भएको भीरकोटमा  कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर उत्पादनसँगै बजारीकरण गर्ने उद्देश्यले विशेष कार्यक्रम सुरु गरिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

परियोजनाले कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्नेछ । कार्यक्रमले कृषि उत्पादन र बजारीकरण महत्वपूर्ण सहयोग पुर्याउने नगरपालिकाले विश्वास लिएको छ । महिला तथा पछाडि परेको समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने प्रयास गरिने भएको छ ।  

नगरका नौं वडाका न्यून आय भएका घरपरिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिए । उनका अनुसार विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुनेछ ।  

परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।  

भीरकोट नगरपालिकाको समन्वयमा हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन हुनेछ । २० महिने अवधिका लागि संचालन हुने परियोजनाका लागि तीन करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.