Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:12:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बालक्यान्सरबाट पीडितहरूका लागि छात्रवृत्ति कार्यक्रमको सुरुवात

Laxmi Sunrise Bank Limited
बालक्यान्सरबाट पीडितहरूका लागि छात्रवृत्ति कार्यक्रमको सुरुवात
Shivam Cement

काठमाण्डौ । नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले ईन्टरनेशनल क्यान्सर सर्भाइभर डे को अवसरमा बालक्यान्सरबाट बाँच्न सफल भएका १४ जना किशोर किशोरीहरूलाई कुल ६ लाख नेपाली रुपैयाँबराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । यो कार्यक्रम रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन, तथा वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा सुरु गरिएको हो ।

 यो कार्यक्रमले क्यान्सर बाट बाँच्न सफल बालबालिका, उनीहरूको परिवार, डाक्टरहरू, नर्सहरू र प्रमुख सरोकारवाला पक्षहरूलाई छात्रवृत्ति वितरणमा सहभागि हुने अवसर प्रदान गरेको थियोे । कार्यक्रममा क्यान्सरबाट बाँच्न सफल बालबालिकाहरुले आफ्नो साहस र आशाले भरिएका प्रेरणादायी कथाहरू सुनाएका थिए ।

Bizshala
New Office
CG Motors

कार्यक्रमका प्रमुख वक्ता डा. बिश्वनाथ अधिकारी, कान्तिबाल अस्पतालका बाल क्यान्सर विशेषज्ञले उपचारपछिको निरन्तर निगरानीको महत्वमा जोड दिँदै ‘नियमित फलोअप क्यान्सरमुक्त भविष्यका लागि अनिवार्य रहेको बताए ।  

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सरका अध्यक्ष बिशप जोशीले शिक्षा बालक्यान्सरबाट बाच्न सफल बालबालिकाहरूका लागि जीवन परिवर्तनकारी हुने र शिक्षाले उनीहरूलाई सशक्त बनाउनुका साथै समाजलाई क्यान्सरसँग जोडिएको कलंक हटाउन सहयोग पुर्याउने बताए । 

कान्तिबाल अस्पतालको बालक्यान्सर वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुलीले भावनात्मक साहसको कुरा गर्दै बालबालिकाको उपचारमा आमाबाबुको साहसिक भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताए । रमेश गुप्ता स्मृति प्रतिष्ठानका कार्यक्रम प्रमुख भावनाथ झाले दिर्घकालीन स्रोत र लगानीको आवश्यकता औंल्याउँदै भने, ‘हामी सबैको साझालक्ष्यभनेको उपचार र जीवनपुनःनिर्माणमा रहेका परिवारहरूलाई समग्र रूपमा साथदिनु रहेको हो ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.