बुधबार, असार १८,२०८२ 04:19:55
  • बुधबार, असार १८,२०८२ 04:19:55
Global IME Bank Limited

अन्तर्राष्ट्रिय महिला दिवसमा महालक्ष्मी बैंक: महिला उद्यमीको सशक्तीकरणका लागि नयाँ पहलको सुरुवात

Hyundai Nepal
अन्तर्राष्ट्रिय महिला दिवसमा महालक्ष्मी बैंक: महिला उद्यमीको सशक्तीकरणका लागि नयाँ पहलको सुरुवात
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आलय प्रा.लि. र रायन इनजी प्रा.लि.को सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ ।  

यसअन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सहयोग प्रदान गर्नेछ ।  

साथै आधिकारिक बिक्रेता  तथा निर्माताको रुपमा रहेको रायन इनर्जी प्रा. लि.ले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युतीय सवारी साधनहरु आपुर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मतसम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ । 

CG Motors
Muktinath Bikas Bank Limited

यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशिल साझेदारीको रुपमा रहने बैंकले जनाएको छ । साथै यो सम्झौताले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ ।  

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपूर्ण उदाहरणको रुपमा रहने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।  

बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउने प्रस्ताव समेत पारित भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.