मंगलवार, पुष १,२०८२ 03:48:56
Bizshala
  • मंगलवार, पुष १,२०८२ 03:48:56
Bizshala
Global IME Bank Limited
Bizshala

नीजि क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया

Hyundai Nepal
नीजि क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६ औँ योजना कार्यान्वयन, कम विकसित मुलुकबाट स्तरोन्नति, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा निजी क्षेत्रसँगको छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोग र नेपाल उद्योग वाािण्ज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोख्रेलको सभापतित्व भएको उक्त कार्यक्रममा आयोगका सदस्य गीता अधिकारी, सहसचिव खुमराज कोइराला, मेची भन्सार कार्यालयका अधिकृत हरिहर पौडेल, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, गोकुल श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य केशवमणि पाण्डे,नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, दमक उद्योग वाणिज्य संघका गोपाल गुरागाई, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की, चिया निर्यातकर्ता समेत रहेकी शान्ता बाँस्कोटा कोइराला लगायत कोशी प्रदेशका अग्रेणी उद्योगी तथा व्यवसायीहरूको सक्रिय सहभागिता जनाउँदै आफ्ना–आफ्ना समस्याहरूलाई समाधान गर्नको निमित्त राष्ट्रिय योजना आयोगसँग राय प्रस्तुत गरेका थिए ।

CG Motors
Garima Development Bank
Bizshala

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अधिकारीले नेपालले अब निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । ‘नेपालको निर्यात व्यापार विस्तारका लागि अब कृषि, जडीबुटी, अलैँची, चिया, अदुवा, सुपारीजस्ता नगदे बालीलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरिनुपर्छ। यस्ता कार्यक्रमहरू नीति निर्माणमा प्रत्यक्ष सघाउने छन्,’ अधिकारीले भने ।

उनले भन्सार पूर्वाधारको सुधार, भन्सार प्रक्रियामा सहजता, गुणस्तर प्रमाणीकरण, अन्तर्राष्ट्रिय बजारको पहुँच, यातायात पूर्वाधारमा लगानी र निजी क्षेत्रसँग सहकार्यलाई दिगो विकासको मेरुदण्डका रूपमा प्रस्तुत गरेका थिए ।

छलफलमा सहभागी सदस्य गीता अधिकारीले भोलिदेखि बिर्तामोडमा सुरु हुने भूटान, बंगलादेश, भारत र नेपालको चार देशीय विज्ञ समूहको कार्यशालामा कोशी प्रदेशका भन्सार नाकाबाट निर्यात हुँदै आएका वस्तुहरू र एसियन हाइवे जस्ता सम्भावनाका विषयमा समेत विस्तृत छलफल गरिने बताए ।

कार्यक्रममा सहभागी व्यवसायीहरूद्वारा नेपालबाट हाल निर्यात भैरहेका चिया, अलैँची, अदुवा, सुपारी, जडीबुटी लगायतका नगदे बाली तथा भविष्यमा सम्भावित अन्य कृषिजन्य वस्तुहरूमा गहिरो बहस गरिएको थियो ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

निर्यात व्यवसायी महासंघकी उपाध्यक्ष तथा चिया निर्यातकर्ता शान्ता बाँस्कोटा कोइरालाले पनि नेपालको जैविक चिया, जडीबुटी र अन्य कृषिजन्य उत्पादनमा अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको धारणा व्यक्त गर्दै निर्यात वृद्धि गर्न नीति, पूर्वाधार र ब्राण्डिङमा ध्यान दिनुपर्ने सुझाव दिइन् ।  

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष पोख्रेलले निजी क्षेत्रको अनुभव र सरकारी नीतिको सहकार्यमा निर्यात व्यापार सुदृढ बनाउने वातावरण सिर्जना गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायी, कृषकहरूले सीमापार व्यापारमा भन्सार सहजता, यातायात सञ्जाल विस्तार, भन्सार जाँच प्रक्रियामा सुधार, विदेशी बजारमा पहुँच विस्तार लगायतका सुझाव तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.