बिहीबार, असार १९,२०८२ 06:59:27
  • बिहीबार, असार १९,२०८२ 06:59:27
Global IME Bank Limited

चेम्बर र मलेसिया नेपाल बिजनेश काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल

Hyundai Nepal
चेम्बर र मलेसिया नेपाल बिजनेश काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल भ्रमणमा आज आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले ब्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसँग छलफल गरेको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलको प्रतिनिधी मण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्वन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।  

मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजा सहितको टोलीले नेपाल भ्रमणका क्रममा चेम्बर पदाधिकारीसमक्ष दुईपक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र मलेशियाबीचको कुटनीतिक सम्वन्ध ६५ वर्ष भन्दा पुरानो रहेको स्मरण गर्दै व्यापार, लगानी अभिवृद्धि तथा रोजगारीको दृष्टिकोणले समेत उत्कृष्ट रहेको बताए ।

नेपालबाट मलेसियामा ५ लाख भन्दा बढी युवाहरुले रोजगारी पाईरहेको र दुई मलुकबीच सबैभन्दा धेरै हवाई सम्पर्क विस्तार भईरहेको अध्यक्ष अग्रवालले बताउनुभयो । नेपाली युवा जनशक्तिले दुवै देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान गरेको अध्यक्ष अग्रवालले बताए । यद्यपी मलेसियासँग नेपालको व्यापारघाटा उच्च रहेकाले यसलाई घटाउनका लागि व्यापार सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।  

अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, उत्पादनमुलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न मलेसियाका उद्यमी व्यवसायीलाई आग्रह गरे । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै अध्यक्ष अग्रवालले व्यापार घाटा न्यूनिकरणका लागि नेपाली बस्तुहरुको आयात वृद्धि गर्न आग्रह गरे ।  

चेम्बर पदाधिकारीहरुसँगको भेटमा मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजाले नेपालको पर्यटकीय क्षेत्रले आफुलाई आर्कषित गरेको बताए । उनले नेपालमा लगानीको सम्भावना देखेर नै आफुहरु आएको र व्यवसायिक वातावरण बनाउनका लागि चेम्बरसंग सहकार्य गर्न लागेको बताए ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.