काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोर जंग कार्की चयन भएका छन् । असार १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो ।
यस्तै बैठकले रमेश राज अर्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
नवनियुक्त अध्यक्ष कार्की २०८१ वैशाख १७ गते प्रभु बैंकको सञ्चालक नियुक्त भएका थिए । कार्की २०३९ सालदेखि सरकारी सेवामा कार्यरत थिए । उनले ३८ वर्ष सरकारी सेवामा काम गरेका थिए । उनी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सहसचिवको रूपमा काम गर्ने क्रममा २०७७ वैशाखबाट अनिवार्य अवकाश पाएका हुन् ।
यस्तै स्वतन्त्र सञ्चालक नियुक्त भएका अर्यालसँग पनि लामो समय बैकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । उनी स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै कुमारी बैंकको सीईओको समेत रहेका थिए ।