काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमहरु गरेको छ । संस्थाले बुटवल शाखा मार्फत प्रारम्भ गरेको कार्यक्रम, विरगञ्ज, पोखरा, मुर्गिया, इटहरी, धरान हुदै शिक्षा, स्वास्थ तथा बालगृह लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेको संघ संस्थालाई सहयोग गरेको छ ।
संस्थाका पोखरा शाखाले अमोर बालगृहलाई रु १ लाखबराबरको दैनिक आवश्यकताका सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ । मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गिया स्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तक वितरण गरेको छ ।
धरान शाखाले पनि धरानमा अवस्थित पन्चकन्या माध्यमिक विद्यालय तथा सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामाग्रीहरु वितरण गरेको छ्र ।
साथै, फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निस्शुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ।
आफ्ना विभिन्न शाखाहरु मार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोशका साथ पुरा गर्दै आएको जनाउँदै आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।