शुक्रबार, श्रावण २,२०८२ 01:28:25
  • शुक्रबार, श्रावण २,२०८२ 01:28:25
Global IME Bank Limited

बलियो डलर र अमेरिकी आर्थिक तथ्यांकको प्रभाव सुनमा, १८ डलरले घट्यो मूल्य

Hyundai Nepal
बलियो डलर र अमेरिकी आर्थिक तथ्यांकको प्रभाव सुनमा, १८ डलरले घट्यो मूल्य
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य ०.५६ प्रतिशत अर्थात १८.७५ डलरले घटेको हो ।  

यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३३५.०८ डलरमा भईरहेको छ । डलर बलियो बन्दा र सुधारिएको अमेरिकी अर्थतन्त्रको ताजा आँकडाले सुनको मूल्य प्रभावित बनेको हो ।  

Muktinath Bikas Bank Limited

हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको आँकडाले डलर बलियो बन्नुका साथै ट्रेजरीको प्रतिफल पनि बढेको छ । जसका कारण सुन बजारलाई केही कमजोर बनाएका विश्लेषकहरुले बताएका छन् ।  

पछिल्लो समय डलर ०.३ प्रतिशतले बढेको छ । जसले अन्य मुद्रा भएकाहरुलाई सुनको खरिद मङ्गो पर्न गएको छ ।  

हालै सार्वजनिक भएको अमेरिकी आर्थिक तथ्यांकका अनुसार गत साता अमेरिकामा बेरोजगार भत्ताका लागि आवेदन दिनेको संख्यामा कमी आएको छ । यसले जुलाई महिनामा अमेरिकी श्रम बजारमा रोजगार बढेको संकेत गरेको छ ।  

यस्तै खुद्रा बिक्री पनि अपेक्षा गरेभन्दा बढी अर्थात ०.६ प्रतिशतले बढेको छ ।  

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ०.२८ डलरले बढ्दै प्रतिऔंस ३८.१४ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.