आईतवार, श्रावण ४,२०८२ 07:24:20
  • आईतवार, श्रावण ४,२०८२ 07:24:20
Global IME Bank Limited

विश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

Hyundai Nepal
विश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा
Shivam Cement

काठमाण्डौ । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार टे«डिङ कम्पनीले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ ‘ग्लोबल होन्डा ब्राण्ड’ को रुपमा भित्राई बिक्रीबितरण सुरु गरेको छ । होण्डा मोटर कम्पनीले मोटर साईकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि बिकशित आधुनिक र बिश्वस्तरीय यो ईन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथापावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुईन ईन्जिन आयल सुबिधा पर्याउनु भएको जनाएको छ ।

प्रो होण्डा आयल सवारीको इन्जिनल ामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ,  जसले गर्दा गाडीमा पेट्रोल कमखपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ । 

यतिमात्र नभई यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँने र समग्रमा इन्जिनको आयु अझ बढाउने कम्पनीको भनाई छ ।

Muktinath Bikas Bank Limited

स्याकार ट्रेडिङ कम्पनीका अनुसार, प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारीधनीहरूका लागि यसको प्रयोग गर्नु लाभदायक हुनेछ । इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

प्रो होण्डा आयलविभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिनआयल एसएई १० डब्लु ३० रहेका छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.