काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन बढेको छ ।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ । पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन पनि सुनको मूल्य ४ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ७ सयमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२० रुपैयाँ कायम भएको छ ।