काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आजको कारोबारमा सुनको मूल्य १.३३ प्रतिशत अर्थात ४५.७५ डलरले घटेको छ ।
यो गिरावटसँगै यतिेबला सुनको कारोबार प्रतिऔंस ३ हजार ३८४ डलरमा भईरहेको छ । अमेरिका र युरोपेली युनियनबीच १५ प्रतिशत ट्यारिफ लगाउने विषयमा सम्झौता हुने सम्भावना बढेसँगै सुनको मूल्य घट्न पुगेको विश्लेषकहरुले बताएका छन् ।
अघिल्लो दिन अमेरिका र जापानबीच समेत व्यापार सम्झौता भएको थियो । अमेरिकाले विभिन्न देशहरुसँग व्यापार सम्झौतालाई जोड दिईरहेकाले विश्व व्यापारमा सहजता आउने आँकलनका साथ सुनको मूल्य घटेको हो । सुनलाई आर्थिक संकट र अनिश्चितताका बेला सुरक्षित लगानीको रुपमा लिने गरिन्छ ।
यस्तै आज चाँदीको मूल्य समेत ०.१४ डलरले घट्दै प्रतिऔंस ३९.०४ डलर कायम भएको छ ।