सोमबार, श्रावण १९,२०८२ 06:43:17
  • सोमबार, श्रावण १९,२०८२ 06:43:17
Global IME Bank Limited

तीन दिनपछि बढ्यो नेप्से, कारोबारमा भने संकुचन

Hyundai Nepal
तीन दिनपछि बढ्यो नेप्से, कारोबारमा भने संकुचन
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा तीन दिनको गिरावट पछि आज वृद्धि देखिएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.६२ अंकले बढेर २ हजार ८६७.५२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले बढेर ४९४.८७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर १० अर्ब ८२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने १३ अर्ब बढीको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘तीन दिनदेखि नाफा बुकका कारण घटेको बजार आज सम्हालिन खोजेको छ । आधारभूत रुपमा सबै कुरा सकारात्मक नै छन् । यही कारण होल्ड गुर्ननै अहिलेका लागि बुद्धिमानी हुनसक्छ ।’

सरकारको नीतिले समेत बजारलाई सपोर्ट गरेका कारण डराउनु पर्ने अवस्था नरहेको उनले बताए । यसका साथै उनले आजबाट बजारको करेक्सन फेज समेत समाप्त भएको दाबी गरे ।  

नेपाल पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईले केही दिनदेखि नाफा बुक चलेको बजारमा आज सुधार आएको बताए । ‘बैंक तथा वित्तीय संस्थामा हकप्रद आउने अपेक्षाका कारण यी समूहहरुमा बढेका छन् । यद्यपी प्राविधिक विश्लेषण गरेर लगानी गर्नेहरु बजार प्रवेश नगरेका कारण कारोबार भने कम देखिएको छ । जुन तल्लो विन्दुको रिकभरी नै हो,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटा समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक अर्थात २.९० प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह १.६२ प्रतिशत, हाईड्रोपावर ०.२१, लगानी ०.०३, जीवन बीमा ०.६७, लघुवित्त ०.९८ र म्युचुअल फण्ड समूह ०.२७ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.७६ प्रतिशतले घट्यो ।  विकास बैंक समूह पनि आज ०.२७ प्रतिशत,होटल ०.४०, उत्पादन तथा प्रशोधन ०.१५,निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.५४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५५ करोड ५९ लाख बढीको सेयर कारोबार भयो । शिवम् सिमेन्टको पनि आज ४३ करोड ६४ लाख,हिमालयन डिस्टिलरीको ३७ करोड ५६ लाख, ङादी ग्रुप पावरको ३१ करोड ८६ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज सिक्लेस हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.७३ प्रतिशतले बढ्यो ।  

यस्तै स्वेत गंगा हाईड्रोको ५.१२ प्रतिशत, विन्ध्यवासिनी हाईड्रोको ४.७२, माछापुच्छ्रे बैंकको ४.५१ र समाज लघुवित्तको सेयरमूल्य ४.२१ प्रतिशतले बढ्यो ।  

आज ट्रेड टावरको सेयरमूल्य लोवर सर्किट लाग्यो । यो दिन थ्रीस्टार हाईड्रो र नेपाल फाइनान्सको सेयरमूल्य ३.१४ प्रतिशतले घट्यो । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.