बुधबार, असार १८,२०८२ 04:28:04
  • बुधबार, असार १८,२०८२ 04:28:04
Global IME Bank Limited

सिटिजन्स बैंकका ६० कर्मचारीलाई दीर्घ सेवा सम्मान

Hyundai Nepal
सिटिजन्स बैंकका ६० कर्मचारीलाई दीर्घ सेवा सम्मान
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले बैंकमा अनवरत सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।  

सत्र वर्ष अगाडि २०६४ साल बैशाख ७ गते कुल ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको यो बैंकले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको हो ।  

प्रत्येक वर्षको चैत १ गतेलाई बैंकले कर्मचारी दिन(इम्प्लोई डे)को रुपमा मनाउँदै आएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकले सत्रौँ वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गर्न थालेको सुखद उपलक्ष्यमा एक महिने वार्षिकोत्सवसम्बन्धी कार्यक्रमहरु पनि आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।  

बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जना गरी कुल ६० कर्मचारीलाई क्रमशस् १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् ।  

बैंकमा हाल करिब १७ सय ८० कर्मचारीहरु कार्यरत छन् ।  

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सत्प्रतिशत योगदान दिन आग्रह गरे । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.