बिहीबार, श्रावण २२,२०८२ 12:04:27
  • बिहीबार, श्रावण २२,२०८२ 12:04:27
Global IME Bank Limited

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

Hyundai Nepal
जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै
Shivam Cement

काठमाण्डौ । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले नाइमा अटो शोमा Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्डकाा १४ देखि १९ सिटर क्षमताका बहुउपयोगी व्यावसायिक इभीहरु नेपालीब जारमा ल्याएको छ।

Farizon – १९ सिटर भ्यान
Farizon, Geely Group अन्तर्गतको ब्रान्ड हो, जसले विश्वस्तरीय प्रविधिमा आधारित पूर्ण इलेक्ट्रिक प्लेटफर्ममा आधारित गाडी निर्माण गर्छ। NAIMA एक्स्पोमा प्रस्तुत यो मोडलको विशेषताहरु यस्ता छन्:

  • १७०kW इलेक्ट्रिक मोटर – नेपालका कठिन उकालो सडकहरु सहजै पार गर्ने क्षमता।
  • ८२.८८ kWh लिथियम ब्याट्री – लामो दूरी यात्रा गर्न सक्षम।
  • EU WVTA प्रमाणपत्र – यूरोपियन युनियनको उच्च सुरक्षा र गुणस्तर मापदण्डमा आधारित।
  • १९सिट क्षमताको स्पेसियस भ्यान – पर्यटक तथा अन्तर सहर सेवाका लागि उपयुक्त।
  • डिस्कब्रेक, एयरब्याग, ABS, EBD, 360° क्यामेरा, ADAS, AVAS – उन्नत सुरक्षा विशेषताहरु।
  • एसी, हिटर, हीटेड सिट र स्टेरिङ – चालकका लागि आरामदायी अनुभव।
  • ब्याट्री वारन्टी: ४ वर्ष वा ७ लाख किलोमिटर
  • मोटर वारन्टी: ५ वर्ष वा २ लाख किलोमिटर
  • शुरुआती मूल्य: रु. ७६,९०,०००
Shivam Cement
Muktinath Bikas Bank Limited

Chery Wanda – १४ सिटर इभी माइक्रो बस
चिनियाँ ब्रान्ड Chery र Wanda को संयुक्त निर्माण भएको यो माइक्रो बस शहरी आवागमनका लागि किफायती, भरपर्दो र सक्षम सवारी हो।

  • CATL ५३.५८kWh ब्याट्री
  • NEDC रेंज: ३००किमी (प्रयोगसर्त अनुसार फरक पर्न सक्छ)*
  • ग्राउन्ड क्लेयरन्स: १८० मिमी
  • ब्याट्री वारन्टी: ५ वर्ष वा ३ लाख किलोमिटर
  • मोटर वारन्टी: ५ वर्ष वा २ लाख किलोमिटर
  • शुरुआती मूल्य: रु. ५६.५ लाख मात्र
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.