• सोमबार, श्रावण २६,२०८२ 06:29:29
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९७ प्रतिशत अर्थात २७.९० अंकले घटेर २ हजार ८२२.४६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४८५.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर १० अर्ब २१ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत बिहिबारको तुलनामा भने बढी हो । उक्त दिन ८ अर्ब ५३ करोड बढीको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्,   गूड न्यूज आएपछि सेयर बिक्री गर्ने मनोविज्ञानका कारण कम्पनीहरुको चौथौ त्रैमासको रिपोर्ट राम्रो आएपनि बजारमा बिक्री दबाब आयो । यस्तै अब यस सिजनका गूड न्यूजहरु पनि लगभग सकिसके । प्राविधिक रुपमा पनि बजारको माथि लाग्ने वेब सकिएको देखिन्छ ।’

त्यही कारण डिसेम्बर अघि बजारमा ठूलो र्यालीको सम्भावना कमै रहेको र सानोतिनो बढोत्तरी भने हुन सक्ने उनले बताए ।  

अर्का बजार जानकार सरोज भट्टराईले मुख्य गरी दुई–तीनवटा कारणले बजारमा गिरावट आएको बताए । सीडीएससीको आईजीनको विषय, प्रि–आईपीओमार्फत बजारबाट पैसा बाहिरिनु, ठूलो कारोबारसँगै ठूला लगानीकर्ता बजारबाट निस्कनु र ठूला चाडपर्व नजिकिएका कारण बजारमा गिरावट आएको उनले बताए ।  

यस्तै साना लगानीकर्ताले आत्तिएर सेयर बेचेका कारण समेत आज बजारमा गिरावट आएको उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड र अन्य समूह मात्रै बढे । यी समूहहरु आज क्रमशः ०.३२ र ०.२६ प्रतिशतले बढे ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात २.४३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि ०.३३ प्रतिशत, फाइनान्स १.३१, होटल १.०६, हाईड्रो १.५०, लगानी १.०३, जीवन बीमा ०.९८,उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त २.३३, निर्जीवन बीमा १.१४ र व्यापार समूह १.५९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५३ करोड ८८ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इनस्योरेन्सको पनि आज ४२ करोड ८३ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३६ करोड ६० लाख, साहस उर्जाको ३६ करोड ४५ लाख र बुटवल पावरको २९ करोड ७१ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । रिभर फल्स पावरको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढ्यो ।  

यसैगरी पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ६.८७ प्रतिशत र बृद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य ३.४७ प्रतिशतले बढ्यो ।  

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.६४ प्रतिशतले घट्यो । लिबर्टी इनर्जीको सेयरमूल्य पनि आज ७.०६ प्रतिशत,ट्रेड टावरको ६.९९ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.७४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.