Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:09:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टाटा मोटर्समा साइबर हमला, सेयरमूल्यमा भारी गिरावट

Laxmi Sunrise Bank Limited
टाटा मोटर्समा साइबर हमला, सेयरमूल्यमा भारी गिरावट
Shivam Cement

काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी टाटा मोटर्सको सेयरमा आज भारी गिरावट आएको छ । बम्बे स्टक एक्सचेञ्ज(बीएसआई)मा कम्पनीको सेयर करिब ४ प्रतिशतले घटेर प्रतिकित्ता ६५५.३० भारुमा सीमित बनेको छ ।  

टाटा मोटर्सको बेलायतस्थित कम्पनी जगुआर ल्यान्ड रोभर (जेएलआर) लाई साइबर हमलाका कारण २ अर्ब पाउण्ड नोक्सान हुन सक्ने बताइएको छ । यो घाटा गत आर्थिक वर्षमा जेएलआरको कर पछिको सम्पूर्ण नाफा भन्दा बढी हुन सक्छ। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार जेएलआरमा साइबर हमला भएको छ । यस आक्रमणका कारण जेएलआरले आफ्ना धेरै कारखानाहरूमा उत्पादन बन्द गर्नुपरेको थियो।

Bizshala
New Office
CG Motors

जेएलआरले यस्तो कुनै पनि घटनाको बीमा लिएको थिएन । जसका कारण कम्पनीमा थप आर्थिक दबाब बढेको छ । उत्पादन सुरुमा सेप्टेम्बर २४ सम्म रोकिएको थियो, त्यसपछि १ अक्टोबरसम्म विस्तार गरियो। यसबाट कम्पनीको काम नराम्ररी प्रभावित भएको छ ।

टाटा मोटर्सले क्षतिको यकिन रकम भने पुष्टि गरेको छैन । तर रिपोर्टका अनुसार कम्पनीले हरेक हप्ता करिब ५ करोड पाउण्ड वा ६८ मिलियन डलर घाटा गरिरहेको छ । जेएलआरका ३३ हजार कर्मचारीलाई समस्या समाधान नभएसम्म घरमै बस्न भनिएको छ । टाटा मोटर्सको व्यवसायमा जेएलआरको ठूलो योगदान रहेकोले यो घाटा ठूलो छ। यो कम्पनीको करिब कुल आम्दानी हो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.