Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कांग्रेसमा विद्रोह: कार्यतालिका प्रस्तुत नहुँदै गगन थापाले बहिस्कार गरे केन्द्रीय समिति

Laxmi Sunrise Bank Limited
कांग्रेसमा विद्रोह: कार्यतालिका प्रस्तुत नहुँदै गगन थापाले बहिस्कार गरे केन्द्रीय समिति
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसको बिहीबारको केन्द्रीय कार्यसमिति बैठक नाटकीय रूपमा विवादमा फँसेको छ । संस्थापन पक्षले पेलेरै अगाडि बढ्ने रणनीति लिएपछि पार्टीको केन्द्रीय समितिबाटै विद्रोहको सुरुवात समेत भएको छ । फलस्वरुप पार्टीका महामन्त्री गगन थापा बैठक सुरु हुनुअघि नै कार्यतालिका प्रस्तुत गर्न नपाउने अवस्था देखिएपछि असन्तुष्ट हुँदै सानेपाबाट बाहिरिएका छन्। उनको यो बहिस्कारलाई धेरैले कांग्रेसभित्रका युवाहरुको आशाको केन्द्र मानिएका गगन थापाले सुरु गरेको विद्रोहको संज्ञा समेत दिएका छन् ।  

बैठक अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच खड्काको कार्यकक्षमा अनौपचारिक छलफल भएको थियो। त्यही छलफलमा खड्काले आफ्नो समूहभित्रको समन्वयका कारण एकदिन पर्खन आग्रह गरेपछि थापाले रिसाउँदै बैठक बहिष्कार गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

Bizshala
New Office
CG Motors

थापा त्यसअघि नै कार्यतालिका प्रस्तुत गर्ने तयारीसहित दिउँसो १ बजे पार्टी कार्यालय पुगेका थिए। बुधबार मात्रै खड्कासँग भएको सकारात्मक संवादपछि उनले महाधिवेशन सम्बन्धी प्रस्ताव पेश गर्ने योजना बनाएका थिए।

यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले नियमित र विशेष महाधिवेशनका सम्भावित ढाँचा समेट्दै चार बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए। थापाले सोही प्रस्तावको आधारमा कार्यतालिका तय गरी प्रस्तुत गर्ने तयारी गरेका थिए।

कांग्रेसमा परम्परागत रूपमा महामन्त्रीले पेश गर्ने एजेन्डा सभापतिको सहमतिबाटै अगाडि बढाउने चलन छ। तर, थापाले यसअघि पनि दुईवटा विकल्प कार्यसम्पादन समितिमा ल्याउँदा संस्थापन पक्षले अस्वीकार गरेको थियो। त्यसपछि उनले आफ्ना प्रस्तावहरू सार्वजनिक गर्न बाध्य भएका थिए।

शर्माले बिहीबार पेश गरेको प्रस्तावमा पनि थापाको मंसिर २७-२९ गतेको नियमित महाधिवेशनको तालिका पहिलो प्राथमिकतामा छ। तर, त्यसमा सहमति नजुटे विशेष महाधिवेशनका दुई वैकल्पिक मिति प्रस्ताव गरिएका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

विशेष महाधिवेशनका पक्षमा पार्टीका ५४ प्रतिशत प्रतिनिधिले असोज २९ गते नै लिखित माग गरेका कारण थापा र शर्माले त्यसलाई गम्भीरतापूर्वक उठाएका हुन्। उनीहरूको प्रस्ताव अनुसार, यदि केन्द्रीय कार्यसमितिले निर्णय गर्न नसके ५४ प्रतिशत प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था राखिएको छ।

सहमति नबनेको अवस्थामा पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने वैकल्पिक समयसमेत प्रस्ताव गरिएको छ। बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भमा महाधिवेशन गर्नु नै उचित हुने तर्क थापा पक्षको रहेको छ।

यस घटनाले कांग्रेसभित्र पुनः आन्तरिक असन्तोष र शक्ति समीकरणको टकराव स्पष्ट देखाएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.