Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:38:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चार महिनामा साढे ७ अर्ब बढीको ईभी सवारी साधन आयात

Laxmi Sunrise Bank Limited
चार महिनामा साढे ७ अर्ब बढीको ईभी सवारी साधन आयात
Shivam Cement

काठमाण्डौ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म साढे ७ अर्ब रुपैयाँ बढीको विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँबराबरको ३ हजार २०३ युनिट ईभी सवारी साधन आयात भएको हो ।

यसबाट सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ । कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । गत असोजमा भने २ हजार १३४ युनिट, साउन र भदौमा ४ सय ८६ युनिट ईभी नेपाल आयात भएका थिए।

Bizshala
New Office
CG Motors

यस अवधिमा इन्धनबाट चल्ने कारको आयात समेत वृद्धि भएको छ । तथ्यांकअनुसार पेट्रोलियम सवारी साधनको आयात गत वर्षको तुलनामा ५४.२५ प्रतिशतले बढेको छ । कात्तिकमा २ अर्ब २९ करोड रुपैयाँ बराबरको कुल २ हजार ४६५ युनिट कम्बस्चन कार आयात भएको विभागले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

विभागका अनुसार यो अवधिमा ५ हजार ६६८ युनिट पेट्रोलियम कार आयात भएको छ । यस अवधिमा दुई पाँग्रे सवारी साधनको आयात पनि २५।६८ प्रतिशत वृद्धि भएको छ । कात्तिकसम्म १ लाख ६ हजार ७६८ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.